`

मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Nepal One HD २० भदौ २०८२ ६:५२
प्रमुख खबर

काठमाडौं । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । राति कोशी प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *