एभरेष्ट बैंकको बम्पर लाभांश घोषणा : कति पाइन्छ नगद र बोनस सेयर ?

अर्थ समाचार

काठमाडौं । एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीमा आधारित लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गरिनेछ ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। यस प्रकारको लाभांश घोषणा गर्ने एभरेष्ट बैंक दोस्रो वाणिज्य बैंक हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट