`

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

Nepal One HD २२ भदौ २०८२ १४:५४
नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु ले गम्भीर असन्तुष्टि जनाएका छन् ।

सभापति देउवाको निवासमा बसेको बैठकमा सामाजिक सञ्जाल बन्दबारे सरकारसँग भेटेर छलफल गर्ने निर्णय भएको बताए ।

सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरी पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

 

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *