राष्ट्रपति, प्रधानमन्त्री निवाससहित संवेदनशील क्षेत्रमा पनि ‘कर्फ्यू’

प्रमुख खबर

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसरलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यू थप गरेको हो ।
यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया