`

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू

Nepal One HD २३ भदौ २०८२ १५:१७
समाज

पोखरा । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ । सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन् । सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश जारी भएको हो । पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख छ ।

जेनजी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *