राप्रपाका संघीय र प्रदेश सांसदहरूले राजीनामा दिने

समाचार

काठमाडौं । राप्रपाका संघीय र प्रदेश सांसदहरूले पनि राजीनामा दिने भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे सांसदहरूसँग परामर्श गरिररहेको र केहीबेरमा निर्णय लिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘यो संविधानको औचित्य सकियो, हाम्रा सांसदहरूले राजीनामा दिने कुरा भइरहेको छ, अध्यक्षज्यू परामर्शमा हुनुहुन्छ, केही समयमा निर्णय हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने । राप्रपाबाट संघीय संसदमा १३ जना सांसद छन् भने प्रदेशमा २८ जना सांसद छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट