रास्वपाका सांसदले दिए सामूहिक राजीनामा
रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका छन् ।
आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए ।
बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पत्ति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरू (सांसदहरू) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
