कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सुदुरपश्चिमबाट हेमराज थापा पनि समेटिने चर्चा

राजनीति

काठमाडौँ । सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समावेश हुने भएका छन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल भइरहेको बेला सुदुरपश्चिमबाट जेनजीहरुको नेतृत्व गर्दै आएका थापापनि समावेश हुने चर्चा चलेको छ । उनी कुन मन्त्री बन्नेबारेमा अहिले टुंगो भने लागिसकेको छैन् ।
आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।
पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट