`

हर्क साम्पाङको प्रश्न : मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रै’छ ?

Nepal One HD ३० भदौ २०८२ १०:५२
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागि भारतीय दूतावास धाउने नेपाली प्रवृत्तिप्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग गरेका हुन् ।

‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रै’छ ? यो मैले नबुझेको ! म त जान्न ! ‘जाँदिनँ’ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री बनें भने मलाई भेट्न र बधाई दिन चाहिँ आउनु पर्छ भारतीय राजदूत नमस्कार गर्दै मेरो मन्त्रालयमा ! कि कसो नेपाली हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *