आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा रास्वपाको जोड

प्रमुख खबर

काठमाडौँ, ३० भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ ।
आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ ।
“आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
आफूहरू लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट गर्दै उक्त पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको स्मरण गराएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट