`

प्रविधिको युगसँग जोडिएर अगाडि बढ्न जेनजी पुस्तालाई क्षितिज थेबेको आग्रह

Nepal One HD ३१ भदौ २०८२ १५:३५
राजनीति

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्षमा क्षितिज थेबेले जेनजी पुस्तालाई अहिलेको प्रविधिको युगसँग जोडिएर अगाडी बढ्न आग्रह गरेका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी पुस्तालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने “जेनजीको नाममा षड्यन्त्र भयो यस्को पर्दाफास गर्नूपर्छ, अगाडी बढ्नुहोस् हामी तपाईको सुरक्षा गर्छौ, जेनजी पुस्ता प्रविधिको युगसँग जोडिएर अघि बढ्नुहोस्, अब युवा संघले फिनिक्स अभियान चलाउछ,  फिनिक्स चरा खरानीबाट उठेर उडे जसरी फेरि मुलुक बन्छ ।  राष्ट्रिय युवा संघ फिनिक्स अभियान लिएर आएको छ । यो खरानीबाट फेरि मुलुक बनाउन सुरु गर्ने छौँ । फेरि यो देशलाई समृद्ध नेपाल, सुखि नेपालीको आकांक्षा पुरा गर्न जुरुक्क उठ्ने छौँ ।”

क्षेबेका अनुसार जलेर खरानी भएका संरचनाहरु पुन:निर्माण गर्न देशै भरिका युवाहरु प्रविधिमार्फत श्रमदानमा जोडिएर योगदान पुर्याउन विश्वास व्यक्त गरे । साथै उनले पार्टी र संगठनलाई जुरूक्क उठाउन देश भरबाट लाग्नु पर्ने संकल्प गरे ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेको केन्द्रय कार्यालय च्यासलमा आगलागी हुँदा पार्टी कार्यालय खण्डहर बनेको छ । सोही खण्डहर बनेको कार्यालयको प्रांगणमा एमालेका नेता तथा कार्याकर्ता भेला भएर फेरि अगाडी बढ्ने प्रतिद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *