`

जेनजी आन्दोलनपछि जनार्दनले फेरि उठाए प्रचण्डको राजीनाको माग

Nepal One HD ३१ भदौ २०८२ १८:२८
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको विषय छलफल हुने भएको छ । प्रचण्डसँग निरन्तर अन्तर संघर्ष गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि अब पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका छन् । शर्माको त्यो पत्रबारे औपचारिक रूपमा पार्टीमा आइनसकेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

माओवादीका उपाध्यक्ष समेत रहेका सापकोटाले नेपाल सुनाए, ‘यो पत्रबारे अहिलेसम्म मलाई थाहा छैन । हो रहेछ भने पनि यो विषयमा संस्थागत रूपमा छलफल हुन्छ । पार्टीको बैठक नबसी मैले व्यक्तिगत रूपमा बोल्न मिल्दैन ।’
शर्माले पार्टीको विशेष महाधिवेशन माग्दै विगत लामो समयदेखि प्रचण्डले नेतृत्व छाड्नु पर्ने कुरा उठाइरहेका छन् । जेनजी आन्दोलनले ल्याएको तरङ्गपछि शर्माले फेरि यो विषय बहसमा ल्याएका हुन् । माओवादीमा प्रचण्डलाई मात्रै होइन कांग्रेसमा सभापति शेरबहादुर देउवा र एमालेमा अध्यक्ष केपी ओलीलाई पनि पछिल्लो समय नेतृत्व छाड्न दबाब बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *