`

आगजनीबाट ध्वस्त भएको नेपाली कांग्रेसको कार्यालयमा धमाधम सरसफाई (तस्बिरहरु)

Nepal One HD ५ असोज २०८२ १५:०९
नेपाली कांग्रेस

काठमाडौँ । गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका समयमा गरिएको निजी एवं सार्वजनिक सम्पतिको तोडफोड, लुटपाट र आगजनीबाट हाम्रो विचार र आस्थाको धरोहर पार्टी केन्द्रीय कार्यालय “बी.पी. समृति भवनू पनि जलाएर ध्वस्त बनाए ।

यस प्रदर्शनका क्रममा मुलुकका करिव एक सय व्यक्तिको ज्यान गएको, सयौं घाइते भएका र सरकारी तथा निजी गरेर खौँको सम्पति क्षति भएको र सिंगो राष्ट्र शोकमा डुवेको अवस्था भएकोले हामीले पनि पार्टीका साथीहरुले आफ्‌नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउँन भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गते सम्म जस्ताको तस्तै राख्ने विचार गन्यौ ।

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्दै सोही दिनको १:०० बजे देखि सरसफाई गर्ने पुनः शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने प्रण गरिएको छ ।

तसर्थ, त्यो दिन गरिने सामुहिक सरसफाई कार्यमा सहभागि हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमाबुवा, बाजुभाई तथा बिबीबहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोल्हो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित सहभागि भई दिन हन सादर आमन्त्रण गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *