देश बचाउनको लागि संविधान खारेज नगरेको सुदन गुरुङको भनाई

राजनीति

काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङले देश बचाउनको लागि संविधान खारेज नगरेको बताएका छन् । आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो निर्णय गर्न नसक्ने बताए ।
उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?’ तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए ।
उनले थपे ‘जे जस्तो भए पनि लिम्पियाँधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेन,
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट