`

रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार

Nepal One HD ६ असोज २०८२ ९:२७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको छ । बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ । बैठकमा समसामयिक अवस्था र बैठकको औचित्यबारे प्रारम्भिक छलफलपछि, हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको तर्फबाट प्रस्तुत गरिनेछ ।बैठकमा पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे समेत विस्तृत छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *