उच्च अङ्कले बढ्यो सेयर बजार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ । मङ्गलवार नेप्से परिसूचक ५८ दशमलव ६३ अङ्कले बढेर २६८२ दशमलव २५ को बिन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन आइतबार मात्रै नेप्से परिसूचक १११ दशमलव ७० अङ्कले बढेर २६२३.६२ को बिन्दुमा बन्द भएको थियो । जहाँ ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो ।
आजको कारोबारमा सप्तकोसी डेभलपमेन्ट बैङ्क र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक सकारात्मक सर्किट लागेको छ । कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी ३८ करोड ६८ लाख १ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थनमा रहेको छ ।
मङ्गलवार बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब रुपैयाँ बढी रहेको छ ।