महिला टी–२० : इन्दु बनिन् एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

खेलकुद

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनले आज (मंगलबार) को मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन बनाउँदै एक हजार रन पूरा गरेकी हुन् ।
इन्दुले ७७ खेलको ७० इनिङ्सबाट १०३३ रन बनाएकी छन् । सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सीता रानामगर र तेस्रो स्थानमा रुविना क्षेत्री छिन् । सीताले ६३ खेलबाट ९६५ र रुविनाले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट