`

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण : जेनजी आन्दोलनको असर

Nepal One HD २१ असोज २०८२ १५:४८
अर्थ समाचार

काठमाडौं । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । आज (मंगलबार) सार्वजनिक गरिएको प्रक्षेपण अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ ।

विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको थियो । तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ०.८ प्रतिशत विन्दुले घटेर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । २०२५ मा वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा नेपालको स्थिति कमजोर देखिएको छ । सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

विश्लेषकहरूका अनुसार, कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी, तथा राजनीतिक अनिश्चितताले नेपालमा दीर्घकालीन विकास लक्ष्य प्रभावित हुनसक्ने देखिन्छ । जेनजी आन्दोलनपछि उद्योग व्यवसायमा ठूलो क्षति पुगेकाले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *