हर्क साम्पाङको कटाक्ष : वैधता बिनाको सरकारलाई प्रहरीले पनि नटेर्ने रहेछ

प्रमुख खबर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वैधता बिनाको सरकारलाई प्रहरीले पनि नटेर्ने रहेछ भन्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान अघि नबढाइ पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगलाई पठाएपछि मेयर साम्पाङको यस्तो भनाई बाहिर आएको हो । मेयर साम्पाङले लगातार सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधता र चरित्रका विषयमा प्रश्न उठाउँदै आइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट