`

पूर्व उपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा

Nepal One HD २३ असोज २०८२ १३:१०
अर्थ समाचार

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले एमआरआई मेशिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन् । भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन् । उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन् ।
बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *