प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण : राजीनामा दिन्छु भनेको छैन

प्रमुख खबर

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनि आएका समाचारको खण्डन गरेका छन् । प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्तिमार्फत खण्डन गर्दै प्रहरी महानिरीक्षक खापुङले कहिँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको दाबी गरेको छ ।
प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू र त्यसबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको सचिवालयले उल्लेख गरेको छ । बैठकमा शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।
हेर्नुस् प्रेस विज्ञप्ती
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट