जेनजी युवाबीच विवादपछि राष्ट्रपतिसँगको छलफल स्थगन

प्रमुख खबर

काठमाडौँ । जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको बैठक स्थगन गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गराएका हुन्।
वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए।
त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए ।
यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट