`

प्रतिनिसधसभा विघटनविरुद्ध सर्वोच्चद्वारा रिट दर्ता, कात्तिक १२ मा सुनुवाइ

Nepal One HD २९ असोज २०८२ १७:१६
समाचार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । सर्वोच्च अदालतमा रिट दर्ता खुला गरिएको मङ्गलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमशः दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता प्रक्रिया जारी रहेको बताए ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिटहरू दर्ता भइसकेका छन् । ती रिटहरूमा सर्वोच्चले कात्तिक १२ गतेको पेसी तोकेको छ । बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि १० वटा मात्रै दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अजुर्नप्रसाद कोइरालाले जानकारी दिए ।

‘१३ वटा रिट आइपुगेकामा १० वटा दर्ता भए, बाँकी प्रक्रिया नपुगेकाले दर्ता भइसकेका छैनन्,’ उनले भने । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगत भएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *