`

हर्क साम्पाङ किन आउँदैछन् काठमाडौं ?

Nepal One HD ३१ असोज २०८२ १७:२४
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफू काठमाडौं आउन लागेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘काठमाडौं छोटो समयका लागि आउँदैछु ।’ उनले काठमाडौं किन आउँदैछन् भन्नेबारे कुनै जानकारी दिएका छैनन् ।

उनी जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की सरकारको निरन्तर विरोध गर्दै आएका छन् । गत भदौ २३ र २४ गतेको दुई दिने प्रदर्शनपछि तत्कालीन केपी शर्मा ओली सरकार ढलेपछि उनी नेतृत्व लिन काठमाडौं आएका थिए। तर उनी प्रधानमन्त्री बन्न पाएनन् । त्यसपछि धरान फर्किएका उनले कार्की सरकार विदेशीको इसारामा बनेको आरोप लगाउँदै आएका छन् । उनले पटक पटक प्रधानमन्त्री र केही मन्त्रीहरूको राजीनामा समेत मागेका छन् । कार्की सरकारले पूर्णता पाउन सकेको छैन । यसबिच नयाँ मन्त्रीसहित मन्त्रीपरिषद् विस्तार गर्ने चर्चा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *