विपिन जोशीको परिवारलाई प्रदेश सरकारद्वारा दुई लाख सहयोग


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन हुनुभएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिनुभयो । यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियोे । सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताउनुभयो ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए । मुख्यमन्त्री शाहले स्व जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गर्नुभएको छ ।