`

तिहारको एक सातामा ६९ दुर्घटना, कहाँ कहाँ के-के भयो ?

Nepal One HD ७ कार्तिक २०८२ १८:०८
प्रमुख खबर

चितवन । नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् ।

मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए। एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाबाट नगद रु तीन लाख ६१ हजार २१० बरामद गरिएको छ ।

उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो । सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *