`

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

Nepal One HD ९ कार्तिक २०८२ १९:२६
प्रमुख खबर

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् ।उनीसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहेका प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको रावलले बताए। सोमबार र मंगलबार त्यहाँ रहँदा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्ने र छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने संयोजक रावलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *