`

दक्षिण चीन सागरमा खसे अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकु विमान

Nepal One HD १० कार्तिक २०८२ ८:३८
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का लागेको छ । अमेरिकी नौसेना प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेना हेलिकप्टर र लडाकु विमान ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन् ।

सौभाग्य, दुवै दुर्घटनामा चालक दलका सबै सदस्य सुरक्षित छन् । अमेरिकी नौसेनाले आइतबार साँझ (स्थानीय समय) सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार समुद्री स्ट्राइक स्क्वाड्रन (एचएसएम) ७३ मा जोडिएको हेलिकप्टर स्थानीय समय आइतबार दिउँसो २ः४५ बजे विमानवाहक जहाज यूएसएस निमित्जबाट नियमित मिसनमा उडेको थियो। तर समुद्रमा दुर्घटनामा पर्‍यो ।

फ्लिटले जारी गरेको विज्ञप्तिअनुसार एमएच–६०आरसी हक हेलिकप्टरका चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ भने एफ-ए–१८एफ सुपर हर्नेट लडाकु जेटमा रहेका दुई चालकलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अमेरिकी नौसेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *