`

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

Nepal One HD ११ कार्तिक २०८२ १८:५६
बिशेष

काठमाडौँ ।   प्रधानमन्त्री सुशीला कार्कीले  राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा हुने गरी तय भएको छ ।

प्रधानमन्त्री  कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।

स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री-मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ-आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *