`

बहुविवाहको मुद्दामा एमालेका केन्द्रीय सदस्य शेर्पा पक्राउ

Nepal One HD १८ कार्तिक २०८२ १९:३९
राजनीति

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले शेर्पालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *