`

सोधपुछका लागि नख्खु कारागारबाट रविलाई सिंहदरबार ल्याइदै

Nepal One HD १९ कार्तिक २०८२ १२:५९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि हिँडाइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *