३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले ३६ उपसचिवसहित ७३ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । ३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मीलाई लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफालाई रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादवलाई रौतहटको राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतमलाई बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतोलाई धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसीलाई बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौलालाई झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै पाँच जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ । जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबा नगरपालिका छविलाल नेपाली, कैलालीको भजनी नगरपालिकाका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढ नगरपालिकाका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोट नगरपालिकाका सुर्यप्रसाद उपाध्यायलाई अन्यत्र सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची
