`

आलमको निधनमा रास्वपा नेतृ संग्रौलाको टिप्पणी : मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

Nepal One HD २२ कार्तिक २०८२ १३:२७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको निधनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले टिप्पणी गरेकी छिन् ।

उनको निधन उत्सव बनेको दाबीसहित उनले लेखेकी छिन्, ‘मोहम्मद अफ्ताब आलमले देह त्याग गरेका छन् । नेताहरूले सुध्रिन आवश्यक छ, कम्तीमा मृत्यु हुँदा मान्छेहरूले उत्सव मनाउने समय न आओस् । आलमको आत्मालाई शान्ति मिलोस् ।’

आलमको आज बिहान काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो । उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या देखिएपछि विगत एक महिनादेखि सिनामंगलस्थित उक्त अस्पतालमा उपचार गराइरहेका थिए । दशैंअघि नै अस्पतालमा भर्ना भएका आलमलाई पछिल्लो एक सातादेखि थप जटिल अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *