अदालत र ट्राफिक कार्यालय आगजनी गरेको आरोपमा १० जना पक्राउ
प्रमुख खबर
दाङ । जेनजी आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनी गरेर क्षति पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको जानकारी दिए ।
शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही उपमहानगरपालिका आगजनी गर्नेमाथि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरुविरुद्ध कसैले जाहेरी हालसम्म नदिएको उनले बताए । उनले पक्राउ परेकामाथि सोधपुछ भइरहेको र अन्यलाई नियन्त्रणमा लिन खोजी कार्य तीब्र पारिएको बताए । प्रहरीले पक्राउ परेकाहरुको पहिचान भने गोप्य राखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
