`

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरु)

Nepal One HD २४ कार्तिक २०८२ १६:४०
नेकपा एमाले

काठमाडौं। माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका छन् ।

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्न सोमबार काठमाडौंमा आयोजित घर फर्क अभियान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए । कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगाएत एमालेमा फर्किएका थिए ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन हुँदा झाँक्री लगायतका नेताहरूले एमाले छाडेका थिए । एमाले छाडेको चार वर्ष पछि अध्यक्ष ओलीले पुनः उनीहरूलाई एमालेमा स्वागत गरेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *