`

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

Nepal One HD २६ कार्तिक २०८२ १३:१९
खेलकुद

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित “ट्रफी जात्रा” पाटन दरबार स्क्वायर पुगेको छ ।

एनपीएलका प्रत्येक सहभागी टीमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाडौं दरबार स्क्वायरमा “ट्रफी जात्रा” आयोजना गरेको हो ।

पाटन दरबार क्षेत्र पुगेको ट्रफीसंग फोटो खिच्नको लागि समर्थकहरूको भीड लागेको थियो । विराटनगरबाट सुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ ।

विराटनगरबाट ट्रफी टुर मधेश प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेसंगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *