`

भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

Nepal One HD ६ मंसिर २०८२ १३:३८
विश्व

भियतनाम । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या ५५ पुगेको छ । यसैगरी १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरू बगाएर मृत्यु भएको छ ।

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने ९४६ अन्य घरहरू क्षतिग्रस्त भएका छन् ।

यसै गरी आर्थिक क्षति लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *