प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममा डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । सो पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सकारात्मक सोचबाट अभिप्रेरित भएर परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने घोषणा प्रगतिशील पार्टीको प्रतिबद्धता छ । नेता–कार्यकर्ताले कुनै पनि किसिमको विभेद र अमानवीय कार्यमा संलग्न नहुने पनि उक्त पार्टीको प्रतिबद्धता छ । प्रतिशील लोकतान्त्रिक पार्टीले पुराना तीन ठूला पार्टीले नै देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाएको छ ।
विभिन्न समूहसँगको एकता घोषणा कार्यक्रममा राजनीतिक प्रतिबद्धता जारी गर्दै यो पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमाथि उक्त आरोप लगाएको हो । ‘आजका कांग्रेस, एमाले र माओवादी आ–आफ्नो समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै हुन्। परन्तु, इतिहासमा योगदान गरेका दलहरूले राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवी बचाउन नसक्दा असफल सिद्ध हुन पुगे,’ उक्त पार्टीले भनेको छ, ‘फलतः देश चरम भ्रष्टाचार, विकृति र यथास्थितिमा फस्नुका साथै गति परिणामबिहीन हुन पुग्यो ।’ देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल रहेको यो पार्टीको ठहर छ ।
‘नेपाली कांग्रेस ४५ वर्ष, नेकपा एमाले ३६ वर्ष, नेकपा माओवादी केन्द्र करिब १७ वर्ष सरकार चलाउने वा सत्ताको वरिपरि नै रहे । परन्तु, देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको सामाजिक उत्पीडन मुलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भए,’ आरोप लगाउँदै थप भनिएको छ, ‘नेपालको विकासका लागि अनिवार्य बन्न पुगेको नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले ।’
हेर्नुस् पूर्णपाठ

