`

‘जेनजी’ लाई राम कार्कीको आग्रह : विचार र ज्ञानले सशक्त बन्नु पर्छ

Nepal One HD ७ मंसिर २०८२ १६:५१
प्रमुख खबर

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले चुनाव भए-नभए पनि आफूहरूले अभियान चलाइरहने बताएका छन् । आज (आइतबार) काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणासभामा उनले आफूहरूले पुँजीवाद त्याग्न खोजेको बताए ।
‘जेनजी’ लाई उनले विचारसहितको राजनीतिमा आउन आग्रह गरे । विचार र ज्ञानले सशक्त बन्नुपर्नेमा उनले जोड दिए।

‘भदौ २३ र २४ गते त विद्रोह गर्नुभयो, तर तपाईं निरन्तर लडाइँ गर्न सक्नु हुन्न । विचार बिनाको राजनीति कुविचार हो’, उनले भने, ‘हामीले सद्विचार निर्माण गर्न खोजेका हौँ । तपाईंहरू विचार र ज्ञानले सशक्त बन्नु पर्छ।’ समाज बनाउन हालको शिक्षा पद्धति, यातायात, कृषि, उद्योग नीतिलाई प्रतिस्थापन गर्न चाहेको उनले उल्लेख गरे। वैचारिक ‘हतियार’ सहित पार्टीभित्रै बसेर आफूहरूमाथि निगरानी गर्न पनि उनले आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *