पत्रकार दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए
प्रमुख खबर
काठमाडाैं । पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएकाे हाे ।
खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
