`

पुटिन–अमेरिकी राजदूत भेट तयार

Nepal One HD १५ मंसिर २०८२ १७:३०
विश्व

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक भोलि दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिएकी छिन्।

यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति–ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले मस्को–किएभ युद्ध अन्त्य गर्न एक प्रकारको ‘आधारभूत रूपरेखा’ प्रस्तुत गर्न चाहेको बताउँदै आएको छ ।

राष्ट्रपति पुटिनले गत हप्ता आफ्नो कडा मागहरू दोहो¥याउँदै किएभलाई मस्कोले दाबी गरेका क्षेत्रमा आत्मसमर्पण गर्नैपर्ने अन्यथा रुसी सेनाले ‘आवश्यक परे बलपूर्वक नियन्त्रण लिने’ चेतावनी दिईएको थियो ।

राजदूत विटकफले पुटिनलाई यसअघि पनि क्रेमलिनमा धेरै पटक भेट्ने भएका छन् । तर उनले मस्कोसँगको संवादमा अपनाएको शैलीबारे अमेरिकाभित्र नै आलोचना भएको छ । प्रारम्भिक अमेरिकी योजना क्रेमलिनको मागतर्फ बढी झुकाव भएको जस्तो देखिएको भन्दै कतिपय अधिकारीहरू र विश्लेषकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यता युरोपेली सङ्घ ९इयु० ले आगामी हप्ता ‘युक्रेनका लागि अत्यन्त महत्त्वपूर्ण’ हुने चेतावनी दिँदै कूटनीतिक गतिविधि बढाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार पेरिसमा रहेर किएभका लागि युरोपेली समर्थन विस्तार गर्न सक्रिय रहेका थिए ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको सम्भावनाबारे आशावादी मनोवृत्ति प्रकट गरेका छन् ।

पुटिन–विटकफ भेटले शान्ति प्रक्रियामा नयाँ मोड आउने कि नआउने भन्ने विषयले अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *