`

दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिस काठमाडौंमा (तस्बिरहरू)

Nepal One HD १५ मंसिर २०८२ १७:५२
खेलकुद

काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस काठमाडौं आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्नका लागि उनी नेपाल आएका हुन् ।

डू प्लेसिसलाई विराटनगर किंग्सले टिममा आबद्ध गरेको छ । सोमबार (मंसिर १५) काठमाडौं आइपुगेका डू प्लेसिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।

दक्षिण अफ्रिकाबाट उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस क्रममा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *