कांग्रेस सभापतिमा उठ्ने गगन थापाको घोषणा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ । मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो । महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।
‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा पत्रकार निमेष बञ्जाडेसँग थापाले घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’ कांग्रेस महाधिवेशन आगामी पुस २६–२८ गते हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
