भारतमा पुटिनको सम्मानमा झोल मोमोदेखि जाफरानी पनिर रोलसम्म
भारत । भारतको राष्ट्रपति भवनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्मानमा आयोजित विशेष राज्य–भोजमा भारतीय सांस्कृतिक विविधता झल्किने परिकारहरूको आकर्षक ‘थाली–शैली’ प्रस्तुत गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको यस भव्य डिनरमा भारतका विभिन्न राज्यको पाक–संस्कृतिलाई एउटै थालीमा समेटिएको थियो ।
सुपदेखि लिएर मिठाईसम्म, हरेक परिकारले भारतीय स्वादको समृद्धि र विविधतालाई उजागर गरेको थियो । रात्रिभोजको सुरुवात मुरुंगेलै चारूबाट गरियोएको थियो । जुन सहजन (ड्रमस्टिक) का पात र मूंग दाल मिसाएर बनाइने हल्का तर पौष्टिक सूप हो । यसमा करी पातका बीउले पारम्पारिक दक्षिण भारतीय स्पर्श दिइएको थियो ।
तीन परिकारमध्ये पहिलो थियो गुच्ची दून चेटिन । कश्मीरमा पाइने दुर्लभ मोरल मसरूमलाई अखरोटको विशेष चटनीसँग तयार गरिएको यो व्यञ्जनले हिमाली स्वादको अनौठो अनुभूति दिलायो । दोस्रो कालो चनाको सिकम्पुरी थियो ।
प्यानमा सेकिएको मुलायम चनाको कबाबलाई पुदिनाको चटनी र मिठो शिरमल रोटी (ब्रेड) पस्किएको थियो । जसले उत्तर भारतीय स्वादलाई सँगसँगै प्रस्तुत गर्यो। तेस्रो भेटिटेबल झोल मोमो थियो । जसलाई मसालेदार टमाटरको ‘झोल’ सँग बनाइएको थियो । यसले भारतीय र नेपाली–पहाडी स्वादको रमाइलो मिश्रण प्रस्तुत गरेको थियो ।

