शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
प्रमुख खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका लागि अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको हो।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको भने अध्यक्ष पदका लागि मात्र आवेदन मागिएको छ । मन्त्रालयले इच्छुक व्यक्तिलाई सात दिनभित्र वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, अनुभव पेस गर्न भनेको छ । यसैबीच शिक्षामन्त्री महावीर पुनले भने पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अध्यक्षका लागि पनि विज्ञापन खुलाइएको बताएका छन्।
हेर्नुस् सूचना


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
