`

जनार्दनसहित प्रलोपाका केन्द्रीय सदस्यहरूले लिए बाबुराम भट्टराईबाट शपथ

Nepal One HD १ पुष २०८२ १४:३५
फिचर

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित एक पार्टी प्यालेसमा बसेको छ । सो बैठकमा केन्द्रीय समितिका सदस्यहरूले सदस्यताको शपथ समेत लिएका छन् । बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ ।

पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहने छ । बैठकको सुरुआतमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन् । भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *