`

यस्तो बन्यो ओली प्यानलको अन्तिम सूची (सूचीसहित)

Nepal One HD १ पुष २०८२ १६:१९
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्। दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन् । यसैबीच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन्।

यसअघि सोमबार बिहान तयार पारिएको प्यानल सूचीमध्ये कतिपयले उम्मेदवारी नदिएको र कतिपयका पदहरू तलमाथि परेका कारण यो सूची ल्याइएको उक्त पक्षका एक नेताले बताएका छन्। केपी शर्मा ओली एमालेका दुई पटक अध्यक्ष भइसकेका उम्मेदवार हुन्। उनी अहिले तेस्रो कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवार बनेका छन्।
हेर्नुस् ओली प्यानलको उम्मेदवार सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *