`

गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण

Nepal One HD ६ पुष २०८२ १८:४१
प्रमुख खबर

भक्तपुर, ६ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गरेका छन् ।

सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएका छन् । मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे पनि जानकारी लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *