`

विश्वकपका लागि क्यानद्वारा क्याम्प लिस्ट घोषणा

Nepal One HD ६ पुष २०८२ १९:४७
खेलकुद

काठमाडौँ । विश्वकपको तयारी गर्नलाई क्रिकेट एसोसियसन अफ नेपाल क्यानले क्याम्प लिस्टको घोषणा गरेको छ । आईतबार साझ एक विज्ञप्तीमार्फत क्यानले विश्वकप खेल्न जाने क्याम्प लिस्ट सार्वजनिक गरेको हो । 

रोहित पौडेलको कप्तानीमा क्यानले सार्वजनिक गरेको क्याम्प लिस्टमा दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरीफ शेख, आदील अन्सारी, करण के.सी., साहब आलम, शेर मल्ल, भिम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश कुमार सिंह समावेश छन् ।  

यसै क्याम्प लिस्टबाट विश्वकप खेल्न जाने १५ सदस्यीय नेपाली टोलीको घोषणा हुनेछ । आईसिसि टि-२० आई विश्वकपको आठौ संस्करण आगामी फेब्रुअरी सातबाट भारत र श्रीलंकामा हुदैछ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *