`

सिडनीबाट पछिल्लो एक महिनामा १० जनाको शव नेपालमा !

Nepal One HD ६ पुष २०८२ २०:२९
प्रवास

काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुमा आत्महत्याको दर बढेको पाइएको छ । अष्ट्रेलियाबाट संचालित ‘भ्वाइस भाइब टक’ पडकाष्टमा संचारकर्मी प्रकाश हुमागाईसँगको कुराकानीमा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरण बारियाले उक्त तथ्य खोलेकी हुन् ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीमध्ये सिडनीबाट मात्रै पछिल्लो एक महिनामा १० जनाको शव नेपाल ल्याइएको उनको भनाइ छ । ल्याइएको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीले आत्महत्या गर्ने दर ह्वात्तै बढेको छ ।

उषाकिरणका अनुसार सिडनीबाट पछिल्लो एक महिनामा १० ‘डेड बडी’ नेपाल पठाइएको छ । ती सबै २३ देखि ३० वर्ष उमेरका नेपाली विद्यार्थी हुन् । विश्वविद्यालयमा अध्ययन छाडेका,लागुपदार्थ दुर्व्यसनी, जुवातासमा रमाउन थालेका र ज्यादा महत्वाकांक्षाको कारण कतिपयमा नैराश्यता बढ्ने गरेको उनले खुलाइन् । ‘विशेषगरी साथीभाइहरुसँग घुलमिल गर्न नचाहने भाइ बहिनीहरु त्यस्तोमा लागेको पाइएको छ ।’ जुवा खेल्ने, नपढ्ने, काम नगर्ने र नेपालबाट पैसा मगाउने प्रवृत्ति बढेको छ,’ उनले भनेकी छिन् ।

पढाइ पूरा नभएको अवस्था, व्यवहार बिग्रँदै गएको र नेपालमा पनि आफ्नो कारण परिवारलाई ऋण लागेको थाहा पाएपछि उनीहरु तनावमा पुग्ने गरेका छन् । त्यसपछि नेपाल फर्कन अप्ठेरो मान्दै एकपछि अर्को खराब संगतमा लागेको विभिन्न अध्ययनले देखाउने गरेको छ ।लागुपदार्थ सेवन गर्ने, अध्ययन र काम ठप्प भएपछि उनीहरुको भिसाको स्टाटससमेत अवैधानिक हुन्छ । वर्षौैंदेखि नपढेर कलेजबाट बाहिर गएपछि रेल स्टेशन, सडकको किनारामा सुतेका नेपाली विद्यार्थीको संख्या निकै हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *